सुदूरपश्चिम प्रदेशमा सोमबार पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चार सय ३८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली, एक जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ । पछिल्लो समय सुदुरपश्चिममा दैनिक जसो कोरोना संक्रमण बढ्न थालेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १७:२९
प्रतिक्रिया दिनुहोस्