कैलाली –नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई घचेटीराखे नयाँ पाइला चाल्न सक्ने चेतावनी दिएका छन् ।
आज धनगढीमा पत्रकारहरु सँगको भेटघाटमा रावलले यस्तो चेतावनी दिएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै नेता रावले अहिले सम्म आफू एमालेका सदस्य रहेको र घचेटीराखे इमान्दार कार्यकर्ताको सुझाव अनुसार नयाँ पाइला सार्ने बताए ।
उनले अन्तिम विन्दु सम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताए । एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन् । कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले स्पष्ट पारे ।
उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरेका थिए । ‘मैले ०४८ साल देखी चुनाव लड्दै आएको छु । कहिल्यै कसैसँग टिकट मागिन, तपाँईले माग्नु भयो र ?’उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्न गरे ।