Sagun Khabar
मन्त्री किराँती भन्छन् –नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन्  

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन् ।

ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भारतीय राजदूतावासको सहकार्यमा नेपाल र भारतबीच पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । 
उनले नेपाल–भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरू बिस्तार हुने बताए । 

Atrya hospital

मन्त्री किराँतीले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभइ अब नयाँ आयामहरू पनि बिस्तारै थपिँदै छ । रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ। अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जलमार्ग पनि अर्को आयाम हुनसक्छ ।’

मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको पनि बताए । 

भेलालाई सम्बोधन गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले पर्यटन प्रवद्र्धनमा जयनगर–कुर्था रेल लिंकको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए । 

सो अवसरमा भारत र नेपालका धार्मिक तथा आध्यात्मिक परिक्रमासम्बन्धी कफी टेबल बुक पनि लोकार्पण गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update