Sagun Khabar
इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी मध्ये आधाभन्दा बढी ‘फेल’ 

काठमाण्डौ – इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी भएका मध्ये आधाभन्दा बढी परीक्षार्थी फेल भएका छन् । मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीमध्ये ५ सय ६५ जना परीक्षार्थीमात्रै उत्तीर्ण भएका काउन्सिलका अध्यक्ष पदम शाहीले बताए । उनले परीक्षा चैत १३ र १४ गते लिएकोमा साढे २८ प्रतिशतमात्रै उत्तीर्ण भएका बताए । उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताए ।

Atrya hospital

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो । परीक्षामा उत्तीर्ण नभएकाले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ ।

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाविना नै लाइसेन्स दिने गरेको थियो । तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नका लागि काउन्सिलको परीक्षामा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update