काठमाडौं- सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन्।आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले लगभग मन्त्रालय भागबन्डामा सहमति गरेका छन्। बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने पत्रकारहरूलाई बताए।
‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’
दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउने समेत सहमति भएको छ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १७:५७
प्रतिक्रिया दिनुहोस्