बझाङ –बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा पवनदुत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट तीन वर्षीय सर्गम बोहराको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका ५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौड बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १६:२६
प्रतिक्रिया दिनुहोस्