Sagun Khabar
कैलालीमा एसईई दिन गएका चार विद्यार्थीमाथि कुटपीट 
Atrya hospital

कैलाली –कैलालीको धनगढी उपमहानगरपालिका–१९ मा एसइई परीक्षा दिन गएका विद्यार्थीमाथि कुटपीट भएको छ । 
फूलवारी माध्यमिक विद्यालयमा एसईई दिन गएका धनगढी उपमहानगरपालिका–१४ का चार जना विद्यार्थीलाई स्थानीय युवाको समूहले आक्रमण गरेको हो । आक्रमणबाट रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन् । 

परीक्षा दिएर फर्कने क्रममा विद्यार्थीमाथि आक्रमण भएको घाइतेका आफन्तले बताएका छन् , उनीहरुको टाउको र शरीरमा चोट लागेको बताइएको छ । 

घाइतेहरुको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीहरुमाथि किन आक्रमण गरिएको भन्ने कुरा भने खुल्न किेको छैन् घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले घरटनाको विषयमा बुझ्ने प्रयास भइरहेको बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update