Sagun Khabar
भष्ट्राचार गरेको आरोपमा पूर्व नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध मुद्दा

काठमाण्डौ –अवकाश प्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्दा घिमिरेको दुई करोड १४ लाख ४६ हजार रुपैयाँ सम्पत्तिको स्रोत नभेटिएकोले त्यही बराबर बिगो मागबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

२०५२ सालको कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरेले भन्सार विभागमा कार्यरत रहेको अवस्थामा २०७५ फागुन १ गते राजीनामा दिएका थिए । घिमिरेले सेवामा रहँदा पाँच करोड २५ लाख १६ हजार तीन सय २७ रुपैयाँ आम्दानी गरेको र खर्च र सम्पत्ति जोड्दा सात करोड ३९ लाख ६२ हजार नौ सय ८४ रुपैयाँ रहेको पाइएकोले आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैरकानुनी सम्पत्तिका रूपमा किटान गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

Atrya hospital

अख्तियारले बिगो बराबर जरिबाना र गैरकानुनी सम्पत्तिबाट बढे÷बढाइएको चल÷अचल सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिबाना असुलका लागि घिमिरेकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ ।

अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले काठमाण्डौमा बस्दै आएका छन् । घिमिरेविरुद्ध गएको जेठ १४ गते मध्यरात अर्थ मन्त्रालय पुगेर बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोपसमेत लागेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update