काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् ।
बुधवार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले अब सरकारको ध्यान पूर्णरूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै अबको बजेट गुणात्मक रूपमा र नागरिकले केही राहत पाउने गरी निर्माण गर्ने प्रतिबद्धता जनाए । नागरिकले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सबै परिवर्तन धरापमा पर्नसक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीले आफ्नो कार्यकालमा नागरिकमा आशा जगाउने अधिकतम काम गर्न प्रयास गर्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १३:३७
प्रतिक्रिया दिनुहोस्