कैलाली –कैलालीको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन गरिएको छ । बुधवार सुदूरपश्चिमका मुखयमन्त्री कमलबहादुर शाहले धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयको उद्घाटन गरेका हुन् । उनले चिकित्सालयको उद्घाटन गर्दै कर्मचारी व्यवस्थापन र सेवा विस्तारका काम गर्ने बताएका छन् ।
धनगढीमा संघीय सरकारको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाईमार्फत चिकित्सालय निर्माण गरिएको हो । २०७४ सालबाट ३४ करोडमा निर्माण सुरु भएको योजना २०७८ जेठ १५ गते प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो । काम पूरा भएको एक वर्षपछि मात्र भवन उद्घाटन गरिएको छ ।
चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार हुँदै आएको छ ।