कैलाली –कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजी बाघको आक्रमणबाट घाइते भएका हुन् । २७ वर्षीय पवनलाई शुक्रवार बिहान साढे १० बजेतिर बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
गहुँ बारीमा काम गर्दै गरेको अवस्थामा आउजीलाई बाघले आक्रमण गरेको हो । उनको हात र कानमा चोट लागेको छ । स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो । नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट घाइते भएका आउजीको बर्दियाको राजापुरमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १२:५६
प्रतिक्रिया दिनुहोस्