बझाङ- बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ कुस्मलाका अन्दाजी ४५ वर्षिय बिर्ख गुर्धामीको भिरबाट लडेर मृत्यु भएको हो ।
शनिवार साँझ ५ बजे तिर घर नजिकै रहेको पानी घट्ट जाने बेलामा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले घटनाबारे थप अनुसन्धान थालिएको बताए ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १०:४४
प्रतिक्रिया दिनुहोस्