Sagun Khabar
दुर्गा प्रसाईंसँग रास्वपा सांसद श्रेष्ठले दुई करोड घुस मागेको अडियो बाहिरियो 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।

कुराकानीमा श्रेष्ठले भनेका छन् ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’ सांसद श्रेष्ठले मन्त्री बनेबापत पार्टीले पैसा मागेको उल्लेख गरे पनि कसले मागेको भनेर खुलाएका छैनन् । व्यवसायी प्रसाईंले यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भनेर सोध्दा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’ 

Atrya hospital

फोन वार्तामा दुर्गा प्रसाईंले मन्त्री बनेपछि आफूलाई सहयोग गर्नुपर्ने र आफ्नो काम गरिदिनुपर्ने सर्त सांसद ढकालसँग राखेको सुनिन्छ । ‘यो दुई करोडको ग्यारेन्टी मैले गरिदिन्छु, तपाईँ पिर नगर्नुस्, तपाईँले दुई करोड पाउनुहुन्छ, तर तोशिमा कार्कीले तपाईँसँग लडाइँ त गर्दिनन् नि’, प्रसाईंले भनेका छन् । 

आफ्ना सांसदले दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै यो विषयमा छानबिन गर्ने भएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update