धनगढी- कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा बच्चासहित सुत्केरी महिलाको मृत्यु भएको छ।
स्थानियहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन्। चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताईन। अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन्। उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १४:३४
प्रतिक्रिया दिनुहोस्