Sagun Khabar
अत्तरियामा सुत्केरी मृत्यु प्रकरणः शव उठेन, स्थानीय आन्दोलित

कैलाली- कैलालीको अत्तरियामास्थित मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २४ घण्टा वितिसक्दा पनि शव उठेको छैन ।

सोमबार गोदावरी नगरपालिका–२ कडायत टोलकी लक्ष्मी भट्टराई र नवजाता शिशुको मृत्यु भएको थियो। उपचारमा लारबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। अस्पताल प्रशासनसँग छलफल भए पनि माग पुरा नभएको पीडितको गुनासो छ ।

Atrya hospital

मृतकका श्रीमान शिवराज भट्टराईले सोमबार राती भएको छलफलमा मंगलबार बिहान ८ बजेसम्म छानबिन समिति गठन गर्ने भनिएपनि समिति गठनमा बेवास्ता गरिएपछि मृतको शव उठ्न सकेको छैन्।अस्पतालमा शिशु र आमाको शव राखिएको छ तर सम्वन्धित अधिकारी अस्पतालमै नआएको उनको गुनासो छ ।

साथै अस्पतालको लापरबाहीले श्रीमती र नबजात शिशु गुमाउनु परेको उनले बताए। लापरबाही गर्नेलाई छानविन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाई नभएको पीडित पक्षको आरोप छ।

आफुहरुले राखेका माग सम्बोधन नभएसम्म शव नउठाउने पीडित पक्षको अडान छ।मागप्रति अस्पताल प्रशासनले अटेरी गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै पीडितलाई क्षतिपुर्तिको माग गरेका छन्। प्रहरीले राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। भिडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update