Sagun Khabar
परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ

काठमाडौं,- परराष्ट्र मन्त्री एनपी साउद शपथ लिएका छन्। आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

Atrya hospital

संस्थापन र इतर पक्षबीच मन्त्री भागबन्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। चैत ३० गते संस्थापन इतर पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका थिए। 

कांग्रेसभित्र सहमति जुटेका कारण वैशाख १० गतेको उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update