काठमाण्डौं –राष्ट्रपति रामचन्द्र पौडेललाई आज भारत लगिँदै छ । छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले बताए । उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ ।
उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो ।
गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए । सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ०९:१८
प्रतिक्रिया दिनुहोस्