कैलाली –कैलालीमा लागूऔषधसहित एक जना महिला पक्राउ परेकी छन् ।
जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनलाई ३ सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्