कैलाली –नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति एवं संघीय सांसद वीरवहादुर बलायरले देशमा कांग्रेसको विकल्प नभएको बताएका छन् ।
नेपाली काँग्रेस गोदावरी नगरपालिका वडा नं १० को वडा सम्मेलनलाई आईतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशको मूलप्रवाहमा कांग्रेस रहीरहनुपर्ने बताउँदै उनले काँग्रेस बचाउन सबैले लाग्नुपर्नेमा जोड दिए ।
जनताले दिएको मत आफ्नो तागत भएको बताउँदै बलायरले विकास निर्माणका कामका लागि आफू सधैं अग्रसर रहने बताए ।
सम्मेलनमा नेता कार्यकर्ताले विकास निर्माण र पार्टीको संगठनलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १७:५३
प्रतिक्रिया दिनुहोस्