चितवन – प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिन सुरु गरेको छ ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका रवि लामिछानेको एक हजार एक सय ५५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले छ सय ५६ मतका साथ पछ्याइरहेका छन् । सुरुवाती मतगणनामा न्यौपानेले अग्रता लिएका थिए ।
यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले पाँच सय ८८ मत प्राप्त गरेका छन् । अहिले इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १६:३४
प्रतिक्रिया दिनुहोस्