Sagun Khabar
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी 

काठमाण्डौ – तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले पराजित गरे । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरे । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

Atrya hospital

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी भएका थिए । उनी राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update