Sagun Khabar
चितवन –२ मा लामिछानेको अग्रता कायमै 
Atrya hospital

काठमाण्डौ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनी ४१ हजार ५ सय ४ मतसहित अगाडि रहेका छन् । 

लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि रहेका छन् । 

श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update