Sagun Khabar
चितवन– २ मा भारी मतका साथ रास्वपा सभापति लामिछाने विजयी 

काठमाण्डौ – चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका छन् । 

गएको मंसिर ४ गते भएको चुनावमा उनले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने अहिले ५४ हजार १ सय ७६ मत पाएका छन् । उनले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरेका हुन् । 

Atrya hospital

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याए । यस्तै,  एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाए । 

यसअघि यही क्षेत्रबाट विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update