कैलाली –धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन् । अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
छोराको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको प्रहरीले टोली घटना स्थल पुगेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमाण्डको टोलीले बुवा महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट ५ किलोमिटर उत्तरमा पर्छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।