बझाङ –बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्युु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतवार साँझ मृत्यु भएको हो ।
यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको बुझिएको छ । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ गएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश अवस्थीले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १२:३६
प्रतिक्रिया दिनुहोस्