Sagun Khabar
एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख घिमिरेलाई पत्र लेख्यो

काठमाण्डौ – हत्या अभियोगमा फरार नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालयले सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी प्रधान कार्यालयबाट सभामुखका नाममा लेखिएको पत्र प्राप्त भएको जानकारी दिए । प्रहरीले कोइरीलाई पक्राउका लागि सहयोग माग्दै संसद्लाई लेखेको यो दोस्रो पत्र हो । यसअघि प्रहरी प्रधान कार्यालयले गएको पुस ७ गते पनि पत्र लेखेको थियो । तर संसद् सचिवालयले पत्रको कुनै प्रतिक्रिया दिएको थिएन ।  

Atrya hospital

मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अब सभामुखले सांसद कोइरीलाई निलम्बनको प्रक्रिया अगाडि बढाउने सम्भावना छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update