काठमाण्डौं –राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ व्यहोर्ने भएका छन् । उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैँ व्यहोर्ने भएका हुन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको बताएका छन् । ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयमले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ व्यहोर्न आग्रह गरेका थिए ।
राष्ट्रपति भारतमा स्वास्थ्योपचारपछि आइतबार राति स्वदेश फर्किएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १२:४७
प्रतिक्रिया दिनुहोस्