Sagun Khabar
सांसद लक्ष्मी महतो कोइरी निलम्बित 
Atrya hospital

काठमाण्डौं –सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालय स्रोतले जनाएको छ । गएको मंसिर ४ को चुनावमा  महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update