बझाङ –बझाङमा यार्सागुम्बा टिप्न गएका पुरुषको मृत्यु भएको छ । यार्सागुम्बा संकलनका हिमाली क्षेत्रमा गएका सुर्मा गाउँपालिका वडा नं ४ का अन्दाजी ४५ बर्षीय प्रमु बोहराको मृत्यु भएको हो ।
यार्सा संकलनका लागि लेकतिर गएका बोहराको घरतर्फ फर्कने क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । यार्सागुम्बा संकलन गर्ने ठाँउमा अत्याधिक हिमपात र पानी परेपछि चिसोले कठ्यांग्रीएर बोहराको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए । चुफी वनमा मंगलबार हिमपात परेको बेला घर फर्किदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्यांग्रीएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० ०७:५०
प्रतिक्रिया दिनुहोस्