Sagun Khabar
एमाले सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ
Atrya hospital

लुम्बिनी , वैशाख २१ गते । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका  नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार बिहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई विहीबारनै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिनुभएको छ ।   तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन् । 

उनका छोरा सन्दीप रायमाझी बुधवार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधवार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबु छोरालाई पक्राउ गरेको हो ।गाेरखापत्र

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update