कैलाली –नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अयोग्य लडाकुलाई पैँसा दिन नहुने बताएका छन् ।
बिहीवार धनगढी पुगेका उनले सरकारले दुई लाखका दरले अयोग्य लडाकुलाइ पैसा दिन नहुने बताएका हुन् । सरकारले रुपैयाँ दिने भनी गरेको निर्णय कार्यान्वयन गर्न नहुनेमा उनको जोड छ ।
उनले लडाकुलाई पैसाको सट्टा रोजगारी दिनु पर्ने बताए । समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा लडाकुलाई ऋण दिएर रोजगारीसंग जोड्नुपर्ने बताए । उनले भने, ‘लडाकुलाई पैसा दिनुभन्दा उनीहरुलाई रोजगारीसंग जोड्नुपर्छ ।’
अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको बताएका छन् । अनावश्यक खर्च कटौती गर्नुपर्नेमा उनले जोड दिएका छन् ।