बझाङ –बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।
सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परि वैशाख १९ गते मङ्गलवारदेखि बेपत्ता भएकी थिइन् । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा सङ्कलन गर्न उनी वैशाख ९ गते घरबाट गएकी थिइन् ।
हिमपहिरोमा परेर बेपत्ता भएकी उनको शव सोमवार मात्रै फेला परेको सुर्मा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताए । स्थानीय बासिन्दा र प्रहरीले उनको शव फेला पारेका बोहराले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्