Sagun Khabar
बझाङमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

बझाङ–बझाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्स र मोटरसाइकलको ठक्कर लागेको थियो । देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

Atrya hospital

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते भएका महरको उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । 

अहिले स्थानीयले सडक समेत बन्द गराएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update