Sagun Khabar
बैतडीको पाटन विमानस्थल बन्दै टिकटक स्थल,हवाई सेवा  बन्द 

बैतडी– बैतडीको पाटन विमानस्थल टिकटक स्थलका रुपमा परिणत हुदै गएको छ । २०३५ सालमा सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल पछिल्लो समय पुनःनिर्माण भएपनि  सञ्चालनमा नआउदा  अहिले टिकटक बनाउने स्थल बनेको छ । 

यात्रु अभाव भएको भन्दै २०७८ चैत्र बाट उडान बन्द भएपछि अहिले धावनमार्गमा गाडी सिक्ने,खेल्ने तथा टिकटक बनाउने स्थलका रुपमा परिणत भएको स्थानीय घनश्याम सागर पन्तले बताए । 

Atrya hospital


२०३५ देखि ०५२ सम्म धावन मार्ग कच्ची भएपनि हप्ताको दुई चोटि नियमित उडान हुने गरेको र अहिले पिच भएपनि हवाई सेवा पुर्णरुपमा बन्द हुदा नागरिक समस्यामा परेका स्थानिय भानदेव भट्टले बताए । 
२०३२ साल देखि निमार्ण सुरु भएको पाटन विमानस्थल २०३५ साल देखि सञ्चालनमा आएको थियो । २०५२ देखि हवाई सेवा बन्द भएको विमानस्थल २०५८ सालमा सशस्त्र द्वन्द्वको बेला  तत्कालीन विद्रोही माओवादीले बम हानेर कार्यालय सँगै टावर ध्वस्त बनाएको थियो । 


फेरि २०७३ सालमा ११ करोडको लागतमा विमानस्थलको धावन मार्ग,टावर र कार्यालय लगायतको संरचना पुननिर्माणको सम्झौता भएको थियो । ०७७ असोज देखि पाटन विमानस्थल आंशिक रुपमा फेरि सञ्चालनमा आएको थियो । करिब डेढ बर्ष सम्म निजि एयरलाइन्सको समिट एयरले साप्ताहिक रुपमा उडान भरेको थियो ।

४ करोड ९७ लाख रूपैयाँको लागतमा अहिले टर्मिनल भवन पनि बनिसकेको छ । तर विमान भने चलेको छैन  ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update