काठमाडौं- भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ ।
सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् । आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् ।
आफूले धेरैजसो समय रेलमा यात्रा गर्ने गरेको र त्यस क्रममा शौचालयमा बिंडी पिउने गरेको भन्दै प्लेनमा समेत त्यस्तै सम्झिएर बिंडी पिएको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १८:००
प्रतिक्रिया दिनुहोस्