Sagun Khabar
आउँदो वर्षको बजेटमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा
Atrya hospital

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने बताएको छ ।

सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानव सूचाकाङ्कमा पछि परेका मधेस, कर्णाली र सुदूरपश्चिमको विकासका लागि आउँदो आर्थिक वर्षको बजेटमा प्राथमिकता राखिने जानकारी गराउनुभएको हो ।

अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update