Sagun Khabar
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ 

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

Atrya hospital

यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन् । 

कमलबहादुर शाह गएको माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई शपथ खुवाएका हुन् । 

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले भोलि (आइतबार)देखि कार्यभार सम्हाल्ने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update