धनगढी- टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको छ। स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो।
उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको पाइएको छ। कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशमले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन्।
त्यसपछि राष्ट्रपतिमार्फत कैद मिनाहा हुने गरेको छ। २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित ७ जनाको मृत्यु भएको थियो। उक्त घटनाका मुख्य योजनकारको रुपमा चौधरीलाई आरोप लागेको थियो।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १६:३३
प्रतिक्रिया दिनुहोस्