Sagun Khabar
सञ्चारकर्मी बिसीका मुक्तक र गजल 

मुक्तक 
शान्त ठाउँ अनि बेमौसमी झरी पर्यो म के गरौं 
दुख्ने मनलाइ आघात पार्ने गरि पर्यो म के गरौं ।। 

दुखेकोे घाउहरुमा मलम लाउन खोज्दै थिए 
दुखाइ कम भाकै बेला झन बेस्सरी पर्यो म के गरौं ।। 

Atrya hospital

गजल
समय संगै पलपल मरिरहेको छ मान्छे
नबुझेर भ्रममा परिरहेको छ मान्छे ।।

असल अनि खराब छुट्टिन्छ र कसरी
गाह्रो छ चिन्न तस्बिरमा छलिरहेको मान्छे।।

श्वास पनि आफ्नो वसमा छैन नि त यहाँ 
घमण्डको रापमा जलिरहेको छ मान्छे ।।

नजरमा दुनियाँ सजाएर दंग के पर्नु 
मृत्युको सुसेलीमा चलिरहेको छ मान्छे ।।

लेखक : लक्ष्मण बिसी बैतडीका सक्रिय पत्रकार हुन ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update