Sagun Khabar
डडेल्धुराको गन्यापधुरामा किसानलाई उन्नत जातका बाख्रा

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले २५ परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । स्थानीयलाई स्वरोजगार बनाउने हेतुले बाख्रा पटेक क्षेत्र विकास कार्यक्रम अन्तरगत वडा नं ५ का १५ र वडा नं ४ का १० गरि २५ परिवारलाई गाउँपालिकाले बाख्रा वितरण गरेको हो  ।

गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्कीका  अनुसार एक जना किसानलाई ४ वटा बाख्रा र खोर बनाउन एक परिवारलाई १० वटा रंगिन जस्ता पाता पनि उपलब्ध गराईएको छ । दलित, विपन्न, एकल महिलालाई प्राथमिकतामा राखेर बाख्रा र जस्तापाता उपलब्ध गराईएको अध्यक्ष कार्कीले  बताए ।

Atrya hospital

संघिय सरकारको ससर्त कार्यक्रम अन्तरगतको १५ लाख रुपियाँ बराबरको बजेटले किसानलाई बाख्रा र जस्ता पाता उपलब्ध गराईएको उनले बताए । नेपाल सरकारको कैलालीको चुरे गाउँपालिकामा रहेको बुढीतोला बाख्रा विकास केन्द्रको समन्वयमा चुरे गाउँपालिकाबाट खरीक्रस बाख्रा खरिद गरि माग अनुसार   किसानलाई उपलब्ध गराईएको बताइएको छ ।

पाँच वटा वडा रहेको गन्यापधुरा गाउँपालिकाले वडा लाई फरक फरक गरि कृषि र पशुपालनमा स्थानीयलाई सहयोग गर्दै आएको छ । बाख्रा पालनबाट स्थानीयहरुको  आर्यआर्जनमा सहज हुने  अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update