कैलाली –सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले आफ्ना पाँच प्राथमिकता सार्वजनिक गरेका छन् । चैत १६ गते नयाँ प्रदेश प्रहरी प्रमुखको रुपमा सुदूरपश्चिममा आएका उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिक गरेका हुन् ।
प्रदेश प्रहरी प्रमुख बोहराले प्रहरीले प्रदान गर्ने सेवा प्रभावकारी बनाउने नियमित कार्यलाई सर्वसाधारणको गुनासो रहित बनाउने बताएका छन् । लागुऔषधको विकराल समस्या समाधान गर्न र लागुऔषधको ओसारपसार, विक्रीवितरण र सेवन रोक्न प्रदेशभर अभियान चलाउने बताएका छन् ।
डिआइजी बोहराले तस्करी रोक्ने, गुण्डागर्दी नियन्त्रणमा लिन कठोर भएर काम गर्ने र फरार अभियुक्तलाई पक्राउ गर्ने आफ्ना प्राथमिकता भएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २०:०९
प्रतिक्रिया दिनुहोस्