Sagun Khabar
गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट तीनजना कैदीबन्दी रिहा 
Atrya hospital

डडेल्धुरा –गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट तीन जना कैदीबन्दी रिहा भएका छन् । दुई पुरुष र एक महिला कैदीबन्दीको बाँकी कैद मिनाहा भएपछि उनीहरु रिहा भएका हुन् । 

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका जिल्ला कारागार डडेल्धुराले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update