Sagun Khabar
गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने
Atrya hospital

बैतडी –सरकारले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने यसअघि सरकारले निर्णय गरेको थियो । तर अर्थमन्त्री महतले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नका लागि बजेट विनियोजन गरिएको बताए । 

गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो । सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो खुलेको हो ।  कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update