कैलाली –धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ ।
धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा विकसित भएको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्वर–१६ मा रहेको बेहडाबाबा मन्दिरमा गंगा दशहरा मेलाको अवसरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ । गंगादशहरा मेलामा भारतीय दर्शनार्थीको समेत सहभागिता छ ।
बेहडाबाबा मन्दिरमा आयोजना भएको मेलाले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुलाई सहज भएको छ । बेहडाबाबा मन्दिरमा लाग्ने मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।