सर्पले डस्दा दुई बालकको ज्यान गएको छ । सिन्धुलिको दूधौली नगरपालिका–१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरालाई राति सुतिरहेकै ठाउँमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पहाडीका छोराहरु १३ वर्षका ग्रिस र ३ वर्षका ग्रिस्मको ज्यान गएको हो ।
प्रहरीका अनुसार सिमेन्ट र ब्लकले बनेको टालीको छानो भएको एक तल्ले घरमा आमाबुबासँगै सुतिरहेका छोराहरुलाई सर्पले डसेको हो । आमा गङ्गा पहाडीले राति ३ बजे छोराहरु छट्पटाएको थाहा पाएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो । तर, जानकी हेल्थ केयर जनकपुरका डाक्टरले उनीहरुको ज्यान गएको घोषणा गरेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १३:४१
प्रतिक्रिया दिनुहोस्