Sagun Khabar
बैतडीको गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलन सम्पन्न 

बैतडी- बैतडीको गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलन सम्पन्न भएको  छ । स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले  डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठी मंगलबार  सम्पन्न भएको हो ।

 चर्मण्यावती साहित्य सम्मेलन   मंगलबार डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियान्ता हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै  सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित नेपाल भारतका कवी तथा साहित्यकारहरुले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

Atrya hospital

सोमबारबाट सम्मेलन सुरु भएको थियो । कार्यक्रमको उद्घाटन सोमबार सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले गर्नुभएको थियो । ११ बुँदे घोषणापत्र जारी गर्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले चर्मण्यावती (चमेलीया) सभ्याताको अध्ययन एवं प्रचारप्रसारका लागि डिलाशैनी गाउँपालिकाले भुमिका खेल्ने बताए । 

११ बुँदे घोषणापत्र

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update