Sagun Khabar
छोराले बञ्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते 
Atrya hospital

बझाङ – बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ११ मयाना घर भएका १६ वर्षिय अमृत रोकायाले आफ्नै ३२ वर्षिय बुबा विक्रम रोकायालाई बन्चरो प्रहार गरेर गम्भिर घाइते बनाएका हुन् ।

रोकायाले सोमबार राती घरमै सुतिरहेको अवस्थामा बुवालाई एक्कासि बञ्चरो प्रहार गरेका थिए । छोराले आफ्ना श्रीमानमाथि बन्चरो प्रहार गरेको देखेर छोप्न खोज्दा आमा समेत घाइते भएकी छन् ।

बन्चरो प्रहारबाट अनुहारमा गम्भीर चोट लागेका विक्रम रोकायाको धनगढीमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update