Sagun Khabar
बैतडी घर भएका पत्रकार जोशीलाई ५० हजार राशिको ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार 

काठमाडौं –स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन् । 

बैतडी घर भएका जोशीलाई विश्व धूम्रपानरहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । जोशी हेल्थ टुडे पत्रिकाका प्रधान सम्पादक समेत हुन् । 

Atrya hospital

उक्त पुरस्कारको राशि नगद ५० हजार रुपैयासहित प्रमाणपत्र रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो । 

लामो समयदेखि पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थविरुद्घ जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा बिशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार जोशीलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । 

दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न जोशी हाल हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थटुडेनेपालडटकम अनलाईनका प्रधान सम्पादक हुन । आमसञ्चार र पत्रकारितामा एमफिल गरेका पत्रकार जोशी स्वास्थ्य पत्रकारिता बाहेक स्वास्थ्य पत्रकारिताको प्रशिक्षण, अध्ययन र अनुसन्धानमा पनि संलग्न छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update