कैलाली –कैलालीको रानी जमरा सिँचाइ आयोजनाको नहरमा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।
जिल्लाको लम्किचुहा नगरपालिका–३ बल्चौरस्थित रानी जमरा सिँचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा लम्किचुहा–५ का ३४ वर्षीय शिक्षक जब्बर बडुवालको डुबेर निधन भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका बडुवाललाई स्थानीयले पानीबाट निकालेर उपचारको लागि लालरत्न अस्पताल लम्की लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्