कञ्चनपुर –कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी)को मृत्यु भएको हो ।
आफ्नै घर आगनमा राखिएको बयलगाडामा खेल्ने क्रममा बयलगाडाको पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १४:४२
प्रतिक्रिया दिनुहोस्